२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिरोनासँग रियलको लज्जास्पद हार, भ्यालेन्टिन एक्लैको चार गोल



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा रियल जिरोनासँग ४ २ गोलले पराजित भएको हो ।

जिरोनालाई घरेलु मैदानमा जित दिलाउन भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरे । उनले १२,२४,४६ र ६२ मिनेटमा गोल गरेका हुन् । रियलका भिनिसियस जुनियरले ३४ औं तथा लुकास भाज्क्वेजले ८५ औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै रियल ३१ खेलबाट ६५ अंकका साथ दोस्रो स्थानमा यथावत छ । समान खेलबाट ४१ अंकका साथ जिरोना नवौं स्थानमा छ ।