२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ–मर्स्याङ्दीको इतिहासकै खराव नतिजाः लगातार पाँच हार



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबले लगातार पाँचौ हार बेहोरेको छ ।

एन्फा कम्प्लेक्समा विभागीय नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै मनाङले इतिहासकै खराब नतिजा बनाएको हो । यसअघि मनाङले लिगमा कहिल्यै पनि लगातार पाँच हार बेहोरेको थिएन ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पहिलो हाफमा पुलिस क्लबका भारतीय फरवार्ड मोहम्मद आशिकले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

पेनाल्टी बक्समा मनाङका रन्दिप पौडेलले फउल गरेपछि मोहम्मद पेनाल्टीमा चुकेनन् र पुलिसलाई १–० को अग्रता दिलाए। त्यही अग्रतालाई जोगाउँदै पुलिसले मनाङलाई पाँचौं हार चखायो ।

सुरुवाती ७ खेलमा अपराजित रहेको मनाङले लगातार पुलिससँगै सातदोबाटो, जावलाखेल, आर्मी र खुमलटारसँग हार बेहोर्यो ।

यस हारसँगै मनाङको १२ खेलबाट १५ अंकमा सीमित हुँदै आठौं स्थानमा यथावत छ । मनाङलाई हराएको पुलिस १२ खेलमा ९ अंक जोडेर पुछारमा छ ।