६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ–मर्स्याङ्दीको इतिहासकै खराव नतिजाः लगातार पाँच हार



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबले लगातार पाँचौ हार बेहोरेको छ ।

एन्फा कम्प्लेक्समा विभागीय नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै मनाङले इतिहासकै खराब नतिजा बनाएको हो । यसअघि मनाङले लिगमा कहिल्यै पनि लगातार पाँच हार बेहोरेको थिएन ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पहिलो हाफमा पुलिस क्लबका भारतीय फरवार्ड मोहम्मद आशिकले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

पेनाल्टी बक्समा मनाङका रन्दिप पौडेलले फउल गरेपछि मोहम्मद पेनाल्टीमा चुकेनन् र पुलिसलाई १–० को अग्रता दिलाए। त्यही अग्रतालाई जोगाउँदै पुलिसले मनाङलाई पाँचौं हार चखायो ।

सुरुवाती ७ खेलमा अपराजित रहेको मनाङले लगातार पुलिससँगै सातदोबाटो, जावलाखेल, आर्मी र खुमलटारसँग हार बेहोर्यो ।

यस हारसँगै मनाङको १२ खेलबाट १५ अंकमा सीमित हुँदै आठौं स्थानमा यथावत छ । मनाङलाई हराएको पुलिस १२ खेलमा ९ अंक जोडेर पुछारमा छ ।