६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः फ्रेन्ड्सले एनआरटीलाई हरायो



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब कुपन्डोलले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई ३–१ ले पराजित गरेको हो । फ्रेन्ड्सको जितमा रफिक एमिनु, तोरिच जेब्रिन र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिव विष्टले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा रफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाएका थिए । सन्तोष खत्रीको पासमा रफिकले वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरे ।

४०औं मिनेटमा एनआरटीका सन्जिव विष्टले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा तोरिच जेब्रिनले फ्रिकिकमा गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । निकोलस सर्ज सङले फउल गरेपछि प्राप्त फ्रिकिकमा तोरिच चुकेनन् ।

यस्तै, कप्तान प्रकाश बुढाथोकीले लक्ष्मण रुचालको क्रसमा खेलको ७६औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाए ।

८०औं मिनेटमा लक्ष्मणकै क्रसमा रफिकले प्रयास गरेपनि बारमा लागेर फर्कदा फ्रेन्ड्सले थप अग्रता बढाउन सकेन । ८५औं मिनेटमा तोरिचको पेनाल्टी बक्सभित्रको प्रहारलाई एनआरटीका गोलरक्ष महतले डाइभ गरेर बचाए ।

यस जितसँगै फ्रेन्ड्सले १२ खेलबाट १४ अंक जोडेको छ । पराजित एनआरटीको १२ खेलबाट १३ अंक छ ।