२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह

‘लक्ष्मीले आफ्नो कलेजो काटेर श्रीमानलाई दिइन्’….

‘लक्ष्मीले आफ्नो कलेजो काटेर श्रीमानलाई दिइन्’….
अ अ+ अ-

ललितपुर । प्रेम गर्नेहरुले आफ्नो प्रेमी प्रेमिकालाई ‘मुटु दिन्छु’ भन्छन । तर शंखरापुर नगरपालिका वडा नं ६ इपा टोल, साँखुकी ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले ५० वर्षे आफ्ना श्रीमान कृष्ण गोपाल प्रजापतिलाई मुटु त ३५ वर्षअघि नै दिइसकेकी थिइन, सोमबार त उनले आफ्नो कलेजो पनि आधा काटेर दिइन् ।

३५ वर्षअघि १५ वर्षको किशोरी अवस्थामा प्रेममा परेर कृष्ण गोपाललाई मुटु दिएकी लक्ष्मीले श्रीमान नै आफ्नो प्रेमी र सर्वस्व भएको भन्दै कलेजो पनि दिएकी हुन् । प्रजापति दम्पतिका छोराछोरी छैनन ।

लक्ष्मीको कलेजोको ५७ प्रतिशत भाग काटेर किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काे ललितपुरमा उनका श्रीमान कृष्ण गोपाललाई प्रत्यारोपण गरिएको हो ।

कलेजो विग्रेर पटक पटक वेहोस भई विभिन्न अस्पतालमा धाउँदै आइसियु कक्षमा पटक पटक उपचार गराईसकेका कृष्ण गोपालको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको कलेजो प्रत्यारोपण गर्नुअघि चिकित्सकले बताएका थिए । प्रत्यारोपणको लागि लक्ष्मी (दाता) र कृष्ण गोपाल (लिने) दुवैजना एक हप्ताअघि सो मडिकल कलेजमा भर्ना भएका थिए ।

कलेजो प्रत्यारोपण सफल भएपछि दुवैजनाको अवस्था सामान्य रहेको र उनीहरु सो अस्पतालकोे प्रत्यारोपण सघन कक्षमा चिकित्सकको सुक्ष्म निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

भारतको इन्द्रप्रस्थ एपोलो अस्पताल दिल्लीका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीको सहयोगमा किस्ट मेडिकल कलेजका वरिष्ठ प्रत्यारोपण विशेषज्ञ सहितको १५ जनाको टोलीले साँढे १५ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका थिए ।

हिजो सोमबार दिउँसो १२ बजेदेखि शुरु भएको कलेजो प्रत्यारोपण कार्य मंगलबार विहान ३ बजेर ३५ मिनेटमा सफलतापुर्वक सम्पन्न भएको किस्ट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताउनुभयोे ।

मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न अनुमति लिने किस्ट मेडिकल कलेज शिक्षण अस्पताल नेपालको पहिलो नीजि मेडिकल कलेज हो भने कलेजो प्रत्यारोपण गर्ने दोस्रो मेडिकल कलेज भएको प्रमुख कार्यकारी अधिकृत पाठकले दावी गर्नुुभयो ।

सो मेडिकल कलेजले ७ महिना अघिमात्रै सरकारको मानव अंग प्रत्यारोपण समन्वय समितिबाट कलेजो प्रत्यारोपण गर्ने अनुमति पाएको थियो ।
मानव अंग प्रत्यारोपणको कार्य सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम भएकोले सरकारले सहयोग गरेमा आगामी दिनमा विरामीलाई धेरैै सहज हुने उहाँले बताउनुभयो ।

सो मेडिकल कलेजमा दुईवर्षको अवधिमा ७७ जनामा मिर्गाैलाको सफल प्रत्यारोपण गरिसकिएको छ भने कलेजो प्रत्यारोपण भने यो नै पहिलो हो ।
एपोलो अस्पताल दिल्लीका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ डा.निरव गोयलको नेतृत्वमा सो अस्पतालका वरिष्ठ प्रत्यरोपण विशेषज्ञहरु डा.अरुण कुमार भेनुथुरिमिल्ली, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा.सन्जिव अनेजा सहितको टोलीमा किस्ट मेडिकल कलेजको कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो हेपाटो विलियरी सर्जरी विभागका प्रमुख प्रा.डा.मुकुन्दराज जोशीको टोली सहभागी थियो ।

सो टोलीमा प्रत्यारोपण विशेषज्ञ डा.एकानन्द सिंह, डा.बरुण श्रेष्ठ, ग्यास्ट्रो इन्ट्रोलोजी तथा जनरल सर्जरी विभागका प्रमुख प्रा.डा.रुपेश मुखिया, सोही विभागका सहप्राध्यापक डा. टंक बोहोरा, एनेस्थेसिया विभाग प्रमुख प्रा.डा.रामभक्त कोजु, सहप्राध्यापक डा. अनिल महर्जन र डा.स्मृति कोइराला संलग्न थिए ।
यसैगरि क्रिटिकल केयर विभागका प्रा.डा. तमन्ना बज्राचार्य, डा. विरेन्द्र राउत, डा.बालचन्द्र कार्की, ग्यास्ट्रो इन्ट्रोलोजी विभागका प्रा.डा. सिताराम चौधरी, डा. छिरिङ्ग वाङ्गदी र डा. आध्या कार्की थिए ।

प्रत्यारोपण अघि सो मेडिकल कलेजको कानुनी विभागका प्रा. डा. किशोर सिंह बस्नेत, प्रशासन प्रमुख अक्षय प्रसाद गौतम र अधिवक्ता कृष्णप्रसाद मरासिनीको टोलीले कलेजो प्रत्यरोपणको लागि सम्पूर्ण कानुनी प्रकृया पुरा गरेको थियो ।