२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी दीपक ढकालको इजलासमा



file photo: can
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको सुनुवाइ काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको छ ।

यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मूलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ । सन्दीप मुलपानी मैदानमा पुगेका छन् । तर पानी परेका कारण अहिलेसम्म खेल सञ्चालन हुन सकेको छैन ।

सन्दीप पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेका थिए । उनले त्यसयता नेपाली राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम र विश्वकप छनोटमा स्थान बनाउँदा उनले महत्त्वपूर्ण भूमिका निभाइरहेका छन् ।