२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी दीपक ढकालको इजलासमा



file photo: can
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको सुनुवाइ काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको छ ।

यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मूलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ । सन्दीप मुलपानी मैदानमा पुगेका छन् । तर पानी परेका कारण अहिलेसम्म खेल सञ्चालन हुन सकेको छैन ।

सन्दीप पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेका थिए । उनले त्यसयता नेपाली राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम र विश्वकप छनोटमा स्थान बनाउँदा उनले महत्त्वपूर्ण भूमिका निभाइरहेका छन् ।