२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि म्यान्चेस्टर सिटीसँग भिड्ने



अ+ अ-

एजेन्सी । म्यान्चेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनल खेलमा ब्राइटनलाई पेनाल्टीमा हराउँदै युनाइटेडले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समयमा पनि दुबै टिमबाट गोल हुन नसक्दा खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो । जसमा युनाइटेड ७–६ ले विजयी बन्यो । ब्राइटनका सोली मार्चले गोल गर्न चुके । युनाइटेडका भिक्टर लिन्डेलफले अन्तिममा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

अब फाइनलमा म्यान्चेस्टर डर्बी हुने भएको छ । फाइनल खेल जुन ३ मा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीच वेम्ब्ली स्टेडियममा हुनेछ ।