१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरले राजस्थानलाई ७ रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा बैंगलोरले राजस्थानलाई ७ रनले पराजित गरेको हो । १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रनमात्र जोड्यो ।

राजस्थानका लागि देवदुत पडिक्कलले ३४ बलमा ५२, यजश्वी जैसवालले ३७ बलमा ४७, ध्रुव जुरेलले १६ बलमा ३४, सञ्जु सामसनले १५ बलमा २२, रविचन्द्र अश्विनले ६ बलमा १२ रन जोडे । जोस बटलर शून्य रनमा आउट हुँदा शिमरोन हेटमायरले ९ बलमा ३ रनमात्र जोडे ।

बलिङतर्फ बैंगलोरमा हर्षल पटेलले तीन तथा डेभिड वीली र मोहम्मद सिराजले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको बैंगलोरले २० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन जोडेको थियो । ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रनको योगदान दिए । ४४ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान फाफ डु प्लेसिसले ३९ बलमा ६२ रन जोडे । विराट कोहली शून्य रनमै आउट भए । दिनेश कार्तिकले १३ बलमा १६ रन जोडे ।

बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले दुई–दुई विकेट लिँदा रविचन्द्र अश्विन र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।