७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले सिंगापुरलाई २०१ रनले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत युएईले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा ४७२ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७० रनमात्रै बनाउन सक्यो ।

सिंगापुरका लागि मनप्रित सिंहले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ६४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । थिलिपन ओमाइदुराईले ५६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, अरित्र दत्त र सुरेन्द्रन चन्द्रमोहनले समान ३८र३८, विनोथ भास्करनले १८, अब्दुल रहमान भदेलियाले १६ रन जोडे ।

युएईको बलिङतर्फ आयान अफजल खान, कार्तिक मियप्पन र सञ्चीत शर्माले दुई–दुई विकेट लिँदा रोहन मुस्ताफा, जुनैद सिद्धिकी र जहुर खानले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार गरेको थियो । युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन् ।

त्यसैगरी युएईका कप्तान मोहम्मद वासिमले उक सय ६० रन जोडे । उनले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा नौ चौका तीन३ छक्कासहित ७४ रन बनाएका हुन् ।

यस्तै युवा ओपनर आर्यन लाक्रा सात बलमादुई २ चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए ।