२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा परेका कीर्तिपुरका वडाध्यक्ष अधिकारीको निधन



अ+ अ-

काठमाडौँ । सवारी दुर्घटनामा परेका कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।

अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन् ।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते लाग्दै आएको मेलाको व्यवस्थापन तथा सरसफाइका लागि वडाध्यक्ष अधिरकारी त्यहाँ पुगेका थिए । त्यही दिन बिहान पौने १० बजेतिर कीर्तिपुर–४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा दुई जना सवार थिए ।

पुष्पलाल पार्कस्थित ओरालोमा पुग्दा मोटरसाइकलको ब्रेक नलागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा मोटरसाइकलमा सवार अधिकारीसहित दुई जना घाइते भएका थिए । शवको पोष्टमार्टम गर्न टिचिङ अस्पताल लग्ने तयारी गरिरहेको छ।

अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर अधिकारी वडाध्यक्ष निर्वाचित भएका थिए ।