९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आईपीएलः बैंगलोर र राजस्थानबीच कडा टक्कर, कसको पल्ला भारी ?

आईपीएलः बैंगलोर र राजस्थानबीच कडा टक्कर, कसको पल्ला भारी ?
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनमा आज फेरि दोहोरो हेडर खेल हुँदैछ । पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र राजस्थान रोयल्स (आरआर)बीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै, साँझ ७ः४५ बजे कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आरसीबीको घरेलु मैदान एम चिन्नास्वामी मैदानमा दुई टोलीबीच नौ खेल भइसकेका छन् । जसमा राजस्थानले चार र बेंलोरले दुईमा जित हात पारेको छ । तीन खेल भने अनिर्णित भएको छ । यसरी यस मैदानमा राजस्थानको कीर्तिमान बैंगलोरभन्दा राम्रो छ ।

यो सिजन रोयल च्यालेन्जर्स बैंगलोरको सातौं खेल हुनेछ । टोलीले यो सिजन मिश्रित प्रदर्शन गरेको छ । उसले अहिलेसम्म ६ खेल खेलिसकेको छ । जसमा तीन खेलमा जित र समान संख्यामा हार बेहोरेको छ ।

आरआरविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र वेन पार्नेल हुन सक्छन् । यी बाहेक विराट कोहली, हर्षल पटेल र मोहम्मद सिराज जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीहरूले पनि टोलीलाई बलियो बनाउँदैछन् ।

यो सिजन राजस्थान रोयल्सको पनि सातौं खेल रहेको छ । टोलीले यो सिजन उत्कृष्ट प्रदर्शन जारी राखेको छ । उसले अहिलेसम्म ६ खेल खेलेको छ जसमा चार जित र दुईमा हार बेहोरेको छ । टोली हाल ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

आरसीबीविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट र जेसन होल्डर हुन सक्छन् । यी बाहेक सञ्जु सामसन, यशस्वी जैसवाल र रविचन्द्रन आश्विन जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाएका छन् ।

राजस्थान र बेंगलुरुबीच हालसम्म कुल २७ खेल खेलिएका छन्, जसमा बैंगलोर अगाडि छ । बैंगलोरले १३ खेल जितेको छ भने राजस्थानले १२ खेल जितेको छ । यस्तै, दुई खेलको भने नतिजा आउन सकेन ।

एम चिन्नास्वामी स्टेडियमको पिचमा बलरहरू समस्यामा परेका छन् । यो मैदानमा ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्दछन् । आजको खेल अर्को उच्च स्कोरिङको खेल बैंगलोरमा देख्न सकिनेछ ।

आइतबार बैंगलोरमा मौसम राम्रो हुनेछैन । बदली रहनेछ, हल्का वर्षाको सम्भावना छ । मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । तापक्रम २१ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, रियान पराग, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ध्रुव जुरेल, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, सन्दीप शर्मा र जेसन होल्डर ।

रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकिपर), वानिन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज, वेन पारनेल र सुयश प्रभुदेसाई ।

अंकतालिकाः