६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृत्य र वासिमको शतकमा सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा युएईका कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दको विष्फोटक शतकमा सिंगापुरलाई ४ सय ७२ रनको विशाला लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ४ सय ७१ रन बनाउदै अल आउट भयो ।

युएईका वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनी ४८ औं ओभरको तेस्रो बलमा रमेश कलिमुथुको बलमा आउट हुन पुगे । यसअघि कुवेतविरुद्धको खेलमा पनि वृत्यले १ सय ८५ रनको इनिङ खेलेका थिए ।

यस्तै, युएईकाकप्तान मोहम्मद वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रन बनाए। वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए भने ६२ बलमा शतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि वृत्य र वासिमले २ सय ४६ रनको साझेदारी गरेका थिए ।

युएईका युवा ओपनर आर्यन लाक्रा ७ बलमा १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट हुँदा आसिफ खान ११ र रोहन मुस्तफा ३ रन बनाएर आउट भए ।

सिंगापुरका आदित्य भर्गवले ८ ओभरमा ८५ रन खर्चेर ४ विकेट लिए भने रमेशले कलिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । विनोथ भास्करनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिँदा मनप्रीत सिंहले १ विकेट लिए ।