६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माहरेजको ह्याट्रिकमा म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा



अ+ अ-

एजेन्सी । म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३–० गोलले हराउँदै सिटी उपाधि नजिक पुगेको हो ।

सिटीलाई जित दिलाउन सबै तीनै गोल रियाद माहरेजले गरे । उनले ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं र ६६ औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे ।

सिटीले अब उपाधिका लागि आज राति हुने ब्राइटन र म्यान्चेस्टर युनाइटेडको विजेतासँग खेल्नेछ । फाइनल खेल जुन १३ मा हुनेछ ।