२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माहरेजको ह्याट्रिकमा म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा



अ+ अ-

एजेन्सी । म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३–० गोलले हराउँदै सिटी उपाधि नजिक पुगेको हो ।

सिटीलाई जित दिलाउन सबै तीनै गोल रियाद माहरेजले गरे । उनले ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं र ६६ औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे ।

सिटीले अब उपाधिका लागि आज राति हुने ब्राइटन र म्यान्चेस्टर युनाइटेडको विजेतासँग खेल्नेछ । फाइनल खेल जुन १३ मा हुनेछ ।