१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडभित्र भुइँचालो, अर्को सिजनमा कसकसले छाड्दैछन् ?



अ+ अ-

इङलिस प्रिमियर लिगमा पछिल्ला केही वर्षदेखि राम्रो प्रदर्शन गर्न नसकिरहेको म्यान्चेस्टर युनाइटेडले आफ्नो टिमका ९ जना खेलाडीलाई आगामी समर सिजनमा अन्य क्लबलाई बिक्री गर्ने भएको छ ।

युरोपा लिगबाट बिदा भइसकेको म्यान्चेस्टर युनाइटेड इङलिस प्रिमियर लिगमा पनि तेस्रो स्थानमा छ । प्रशिक्षक टेन ह्यागमाथि क्लबको छबि सुधार गर्ने ठूलो चुनौति छ । उनी आफ्ना खेलाडीले क्षमता अनुसारको प्रदर्शन गर्न नसकेकामा चिन्तित पनि छन् ।

कुन खेलाडीले क्लब छाड्दैछन् ?
१. भिक्टर लिन्डेलफः सन् २०१७ देखि क्लबमा आबद्ध भएका डिफेन्डर लिन्डेलफ जर्मनीको बुन्डेसलिगा जाने सम्भावना छ । उनलाई भित्र्याउन धेरैवटा जर्मन क्लबहरु इच्छुक रहेका छन् ।

भिक्टर लिन्डेलफ

२. डोन्नी भान डी बिकः म्यान्यूमा आबद्ध भए पनि मिडफिल्डर बिकले क्लबका तर्फबाट खेल्ने अवसर पाएका छैनन् ।

डोन्नी भान डी बिक

३. एन्थोनी एलान्गाः क्लबका युवा स्ट्राइकर एलान्गाले यस सिजनमा क्लबका लागि एक गोल पनि गर्न सकेका छैनन् । उनलाई क्लबले अर्को सिजनमा ऋणमा बिक्री गर्न चाहेको छ ।

४. स्कट म्याक टोमिनीः म्यान्चेस्टर युनाइटेडमै हुर्के बढेका स्कटलाई कसैले राम्रो अफर दिए बिक्री गर्नेछ । उनलाई टिममा ल्याउन अरु धेरै क्लबले रुचि देखाइसकेका छन् ।

५. वाउट विघोस्र्टः गत जनवरीमा इङलिस प्रिमियर लिगको अर्को टिम बर्नलीबाट ल्याइएका विघोस्र्ट फेरि आफ्नै क्लब बर्नली फर्कने छन् । उनलाई म्यान्चेस्टरमा राख्ने सम्भावना ज्यादै न्यून छ ।

६. फ्रेडः ब्राजिली फुटबलर फ्रेड पनि क्लबबाट बिदा हुँदैछन् । उनलाई लिन साउदी अरबीया र कतारका क्लबहरुले निकै इच्छा देखाएका छन् ।

७. ह्यारी म्यागुरीः सेभिया विरुद्धको खेलमा एकपछि अर्को गल्ती गरेका ह्यारीमाथि प्रश्न उठेको छ । उनलाई क्लब छाड्न तिब्र दबाब छ । उनी इङल्यान्डमै रहने छन् तर म्यान्चेस्टर युनाइटेडमा नरहने पक्का भइसकेको छ ।

८. मार्सेल साबिजरः म्यान्चेस्टरका मिडफिल्डर मार्सेल क्लबमा नरहने पक्का भइसकेको छ । उनी आफ्नै पुरानो क्लब बायर्न म्युनिख फर्कने छन् ।

९. एन्थोनी मार्सियलः यस वर्ष युनाइटेडका लागि ७ गोल गरेका फ्रान्सेली फर्वार्ड पनि आगामी समर सिजनमा युनाइटेडमा रहने छैनन् । उनी सम्भवतः स्पेनी क्लबमा आबद्ध हुने छन् ।

एजेन्सी