१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा गुजरातले लखनउलाई सात रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले रोमाञ्चक जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा गुजरातले लखनउ सुपरजायन्ट्सलाई सात रनले पराजित गरेको हो । १३६ रनको विजयी लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १२८ रनमात्र बनायो ।

दुवै टोलीका लागि कप्तानले ब्याटिङ र अर्धशतक बनाएका थिए तर अन्त्यमा गुजरातको बलिङ लखनउमाथि हावी भयो ।

लखनउलाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । टोलीका कप्तान केएल राहुल स्ट्राइकमा र आयुष बडोनी नन स्ट्राइकमा ब्याटिङ गरिरहेका थिए । ३४ वर्षीय तेज बलर मोहित शर्मा बलिङमा आएर खेल नै बदलिदिए ।

केएल राहुलको कप्तानीमा रहेको लखनउको टोलीले १३६ रनको लक्ष्य पछ्याउन सकेन भने टोलीले दुई अर्धशतकीय साझेदारी गरेको थियो ।

टोलीको हारको कारण ब्याट्सम्यानको सुस्त पारी थियो । कप्तान केएल राहुलले ६१ बलमा ६८ रन बनाए । क्रुणाल पाण्ड्या २३ बलमा २३ रन बनाएर फर्किए । काइल मेयर्सले १९ बलमा २४ रन जोडे ।

यसअघि गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ५० बलमा ६६ र ऋद्धिमान शाहले ३७ बलमा ४७ रन बनाएका थिए ।

लखनउका लागि क्रुणाल पाण्ड्या र मार्कस स्टोइनिसले २–२ विकेट लिए । यस्तै नवीन उल हक र अमित मिश्राले एक–एक विकेट लिए ।

गुजरातका लागि मोहित शर्मा र नूर अहमदले २–२ विकेट लिए । राशिद खानले एक विकेट लिए । यो जितसँगै गुजरातको टोलीले ८ अंक जोडेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थानको पनि आठ अंक भए पनि राम्रो नेट रन रेटका आधारमा यो टोली शीर्ष स्थानमा छ ।