२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा गुजरातले लखनउलाई सात रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले रोमाञ्चक जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा गुजरातले लखनउ सुपरजायन्ट्सलाई सात रनले पराजित गरेको हो । १३६ रनको विजयी लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १२८ रनमात्र बनायो ।

दुवै टोलीका लागि कप्तानले ब्याटिङ र अर्धशतक बनाएका थिए तर अन्त्यमा गुजरातको बलिङ लखनउमाथि हावी भयो ।

लखनउलाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । टोलीका कप्तान केएल राहुल स्ट्राइकमा र आयुष बडोनी नन स्ट्राइकमा ब्याटिङ गरिरहेका थिए । ३४ वर्षीय तेज बलर मोहित शर्मा बलिङमा आएर खेल नै बदलिदिए ।

केएल राहुलको कप्तानीमा रहेको लखनउको टोलीले १३६ रनको लक्ष्य पछ्याउन सकेन भने टोलीले दुई अर्धशतकीय साझेदारी गरेको थियो ।

टोलीको हारको कारण ब्याट्सम्यानको सुस्त पारी थियो । कप्तान केएल राहुलले ६१ बलमा ६८ रन बनाए । क्रुणाल पाण्ड्या २३ बलमा २३ रन बनाएर फर्किए । काइल मेयर्सले १९ बलमा २४ रन जोडे ।

यसअघि गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ५० बलमा ६६ र ऋद्धिमान शाहले ३७ बलमा ४७ रन बनाएका थिए ।

लखनउका लागि क्रुणाल पाण्ड्या र मार्कस स्टोइनिसले २–२ विकेट लिए । यस्तै नवीन उल हक र अमित मिश्राले एक–एक विकेट लिए ।

गुजरातका लागि मोहित शर्मा र नूर अहमदले २–२ विकेट लिए । राशिद खानले एक विकेट लिए । यो जितसँगै गुजरातको टोलीले ८ अंक जोडेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थानको पनि आठ अंक भए पनि राम्रो नेट रन रेटका आधारमा यो टोली शीर्ष स्थानमा छ ।