९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आईपीएलः चेन्नई र हैदरावाद भिड्दै

आईपीएलः चेन्नई र हैदरावाद भिड्दै
अ अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज शुक्रबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ७ः४५ बजे चेन्नईको चेपक स्टेडियममा हुनेछ । चेन्नईले अहिलेसम्म ५ खेलमा ३ जित र २ हार बेहोरेको छ । यस्तै, हैदरावादले ५ मध्ये २ खेल जितेको छ ।

अहिलेसम्म खेलेका ५ खेलमा चेन्नईले २ खेलमा हार र ३ खेलमा जित निकालेको छ । चेन्नई राजस्थान र लखनउभन्दा ६ अंकका साथ तल तालिकाको तेस्रो स्थानमा छ । यदि चेन्नईले यो खेल बढी अन्तरले जित्यो भने ८ अंकसहित पहिलो स्थानमा उक्लनेछ । टोलीमा ऋतुराज गायकवाड, डेभोन कोनवे र तुषार देशपाण्डे उच्च लयमा रहेका छन् । चेन्नई घरेलु मैदानमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । राजस्थानले १५ वर्षपछि चेन्नईलाई उसकै घरमा हराउन सफल भएको हो ।

सनराइजर्स हैदरावादले ५ मध्ये २ खेल जितेको छ । उसले पञ्जाबविरुद्ध पहिलो जित र कोलकाताविरुद्ध दोस्रो जित हात पारेको थियो । यस्तै, राजस्थान, लखनउ र मुम्बईसँग भने टोली पराजित भएको थियो । हैदरावादका ब्याट्सम्यानले चेन्नईका स्पिनरहरूको कडा चुनौतीको सामना गर्नुपर्नेछ । चेन्नईमा रविन्द्र जडेजा, मोइन अली, मिचेल सान्टनर जस्ता उत्कृष्ट स्पिन बलर छन् । चेपकको पिच स्पिनरहरूको पक्षमा चिनिन्छ, तर विगतका खेलहरूमा ब्याट्सम्यानहरूलाई पनि मद्दत गरेको छ ।

हैदरावादको स्पिन बलरहरुमामा गहिराइ छैन । टोलीले वाशिङटन सुन्दरलाई प्लेइङ इलेभेनमा राखेको छ, जसले पाँच खेलमा ११ ओभर बलिङ गरेर पनि विकेट लिन सकेनन् । प्लेइङ इलेभेनमा सन्तुलन नहुँदा स्पिनर मयंक मार्कण्डे, आदिल राशिद र अकिल हुसेनले कम खेल्ने मौका पाएका छन् । तर, यो खेलमा कप्तान एडेन मार्करामले स्पिन पिचलाई ध्यानमा राख्दै तीन स्पिनरलाई मौका दिन सक्छन् ।

आईपीएलमा अहिलेसम्म दुवै टोली १९ पटक आमनेसामने भएका छन् । जसमध्ये चेन्नईले १४ र हैदरावादले ५ जित हात पारेको छ ।

चेपकमा अहिलेसम्म दुई खेल हाई स्कोरिङ भएका छन् । पहिले ब्याटिङ गर्ने टिमले जित हात पारेको छ । यो खेलमा पनि यस्तै हुन सक्छ । पछिल्लो पाँच टी–२० खेलमा पहिलो इनिङ्सको औसत स्कोर १६० रनभन्दा बढी रहेको छ । टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न चाहन्छ ।

यहाँ मौसम सफा रहनेछ । तापमान लगभग ३० डिग्री हुनेछ । पानी पर्ने सम्भावना छैन ।

दुबै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान), ऋतुराज गायकवाड, डेभोन कोनवे, अम्बाती रायडु, अजिंक्य रहाणे, मोइन अली, रविन्द्र जडेजा, शिवम दुबे, तुषार देशपांडे, मथिशा पथिराना र महिश तीक्षाना ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), मयंक अग्रवाल, राहुल त्रिपाठी, ह्यारी ब्रुक, अभिषेक शर्मा, वाशिंगटन सुन्दर, मार्को जानसेन, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, थांगारासु नटराजन र मयंक मार्कण्डे ।