२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत, उत्तरप्रदेशस्थित अलिगढका रवीन्द्रकुमार परासरका साथबाट १ किलो ८० ग्राम कोकिन बरामद गरेको हो । बरामद कोकिनको अन्दाजी अवैध मूल्य रु दुई करोड ३३ लाख ८० हजार रहेको छ ।

ब्यूरोका प्रवक्ता/सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागु औषध कोकिनको अवैध कारोबार हुन लागेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले यही वैशाख ५ गते ठमेलस्थित एक होटलबाट भारतीय नागरिक ५१ वर्षीय परासरको साथमा रहेको पिठ्युँमा बोक्ने कालो रङको कपडाको झोलाभित्र लुकाई राखेको खैरो रङको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको कोकिन बरामद गरेको जानकारी दिनुभएको छ ।

पक्राउ परेका परासरलाई अनुसन्धान गर्ने सिलसिलामा उक्त लागु औषध कोकिन लेडिज ब्याग इथियोपियाबाट काठमाडौँसम्म ल्याई निज भारतीय नागरिक परासरलाई दिने केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरिटुलाई ठमेलस्थित अर्को एक होटलबाट अमेरिकी डलर एकहजारसहित पक्राउ गरिएको छ ।

ब्यूरोका अनुसार पक्राउ परेका निजहरुउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।