३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आधुनिक औषधि विज्ञानसँगै भान्छा र करेसाबारीमा पाइने औषधि विस्थापित भइरहेका छन्- अरुणा उप्रेती

आधुनिक औषधि विज्ञानसँगै भान्छा र करेसाबारीमा पाइने औषधि विस्थापित भइरहेका छन्- अरुणा उप्रेती
अ+ अ-

काठमाडौं । केही अघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्। पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ।

प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् । ‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मुराया कोएनिजी’ हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम , यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औषधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ ।

दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको रु’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।

त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।

करी पत्ता त झनै पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ । गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ्य रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ।

तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन। करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्मोन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । अपच हुने मानिसहरूलाई पनि खान दिइन्छ किनभने यसले मिर्गौलालाई तन्दुरुस्त बनाउन सघाउँछ।

काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदो रहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् । यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ । यस्तो पेयले पेटमा रहेको गडबडीलाई सञ्चो गर्ने परम्परागत मान्यता छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।

हाम्रा भान्छामा प्रशस्त औषधि छन्। पुर्खाले त्यसैका भरमा रोग निको पार्दै आइरहेकै हुन्। तर, आधुनिक औषधि विज्ञानसँगै भान्छा र करेसाबारीमा पाइने त्यस्ता औषधि विस्थापित भइरहेका छन्। त्यसैले सामान्यभन्दा सामान्य स्वास्थ्य समस्यामा पनि हामी ट्याबलेट र सुईको भर पर्छौ। औषधिका लागि चर्को मूल्य तिर्न बाध्य हुन्छौं।