७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा: नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अनिता देवीले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गरेर नागरिकता बिहीन नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद देवीले संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिकका सन्तान नै नागरिकताबिहीन हुनुपर्दा आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको भन्दै संसदबाट नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले सरकारले कृषिमा दिने अनुदान वास्तविक किसानले पाउन नसकेका बताउनु भयो । उहाँले झोलामा खेती गर्नेहरुले मात्रै अनुदान पाइरहेका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले कृषिमा लगानी नगरेको होइन । अनुदान पनि नदिएको होइन । तर के देखिएको छ भने झोलामा खेती गर्ने, कागजी प्रक्रिया पुर्‍याइहाल्ने तर यथार्थ र वास्तविक किसानहरु पाउनुपर्ने अनुदान पाएका छैनन् । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, झोलामा खेती गर्ने प्रवृत्ति छ, त्यो रोकियोस् ।’

उहाँले झोलामा खेती गर्ने प्रवृत्तिलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।