१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

स्वर्णिम वाग्ले अवसरवादी– सांसद राणा

स्वर्णिम वाग्ले अवसरवादी– सांसद राणा
अ अ+ अ-

दमौली । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताउनुभएको छ ।
कांग्रेसका सांसद राणाले नेपाली कांग्रेस सरकारमा हुँदा वाग्ले नेपाल आएर फाइदा लिने र सरकारबाट कांग्रेस बाहिरिएपछि फेरि विदेश जाने गरेको बताउनुभयो ।

सांसद राणाले भन्नुभयो– ‘वाग्ले नेपाली कांग्रेसबाट धेरै फाइदा लिने व्यक्तिमा पर्नुुहुन्छ, सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बन्नुभयो । पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष नै बन्नुभयो । देश फर्किएको तीन महिनामै उहाँलाई प्रधानमन्त्री देउवाले आयोगको उपाध्यक्ष बनाउनुभएको थियो । तर उहाँले नै अहिले भने पार्टी सभापतिलाई दोषारोपण गरेर पार्टी छोड्नुभएको छ ।’

सोमबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य राणाले स्वर्णिम वाग्लेमा अवसरवादी चरित्र भएको आरोप लगाउँदै भन्नुभयो ‘विसं २०७४ को निर्वाचनमा कांग्रेस सरकारबाट बाहिरिएपछि हामी पाँच वर्ष विपक्षमै बसेर संगठन गर्छौं भनेर बस्यौँ तर वाग्ले भने विदेशिनुभयो । जब कांग्रेस सरकारमा पुग्छ अनि उहाँ नियुुक्तिका लागि टुप्लुक्क आइपुग्नुहुन्छ, सरकारबाट कांग्रेस बाहिरिएपछि उहाँ पनि विदेशिनुहुन्छ । त्यसैले उहाँ अवसर मात्र खोज्ने अवसरवादी हो ।’

कांग्रेसमा विदेश पढेर आएका धेरै नेताहरु भएको उल्लेख गर्दै आफूहरु पनि विदेशमै पढेर आएको तर अवसर नपाउँदा पनि देशमै बसी पार्टीको संगठन गर्ने गरेको सांसद राणाको भनाई थियो ।

नेता राणाले गोविन्द भट्टराई नेपालका समकालीन नेताहरुमध्ये राजनीतिमा अवसर नपाएका नेतामा पर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– नेवि संघमा उहाँपछि अध्यक्ष भएका सबैले अवसर पाए, तर ३० वर्षदेखि गोविन्द भट्टराई निरन्तर राजनीतिमा हुनुहुन्छ, यसपालि बल्ल टिकट पाउनुभयो । अब उहाँलाई जिताएर पठाउनुपर्छ । यो जित भनेको राष्ट्रपतिको सम्मान पनि हो ।’

यही वैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोविन्दराज भट्टराई उम्मेदवार हुनुहुन्छ भने वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुनुहुन्छ । रासस