२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्च ब्वाईज र थ्री स्टारको बराबरी, हिमालयन शेर्पाको पोस्टमा फ्रेन्ड्सको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । स्टार खेलाडीले भरिएको चर्च ब्वाईज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार थ्री स्टार क्लवसँग बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाईज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हो । यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लवसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । शुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाईजको पहिलो अवसर खेर गएको थियो । खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईले गोलको अवसर गुमाए । थ्री स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पाबिरुद्ध अप्रत्यासित नतिजा निकालेको छ । ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाबिरुद्ध ६–० को एकतर्फी जित निकालेको हो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक÷एक गोल गरे । यस जितपछि फ्रेन्ड्सले राजधानीमा जारी लिगमा दोस्रो जित निकालेको छ भने ९ खेलबाट तालिकामा ८ अंक बनाएको छ र रेलिगगेश क्षेत्र भन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।

यससँगै शहीद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन् । जावलाखेल युथ क्लव १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो युथ क्लव समान अंक भएपनि गोल अन्तरले पछि दोस्रो स्थानमा छ । विभागीय टोली नेपाल पुलिस क्लब रेलिगेशन क्षेत्रको अन्तिम स्थानमा छ ।