२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले गाडी र सवारी साधनका पाटपूर्जा चोरी गरेको आरोपमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र मकवानपुरको थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौं चोभार बस्ने २३ वर्षीय किरण स्याङतान रहेका छन् ।

गत चैत ३० गते राति १० बजेको समयमा चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि राजेन्द्र खड्काले पार्किङ गरी राखेको बा५ च ९६५७ नम्बरको गाडी हराएको र अन्दाजी राति ११ बजेतिर सोही वडाको चारघरेस्थित सुवर्ण महर्जनले सञ्चालन गरेको चक्रतिर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पाटपूर्जाहरू चोरी भएको भनि प्रहरी वृत्त कीर्तिपुरमा सूचना प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो ।

खोजतलास गर्दै जाने क्रममा चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको उक्त हराएको भनिएको गाडी र गाडीभित्र रहेका लामा र स्याङतानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरू उनीहरूले नै चोरी गरेको खुलेको छ । पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।