२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडी हत्या प्रकरण: स्थानीय युवक नै संलग्न रहेको आशङ्का



अ+ अ-

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ ।

जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारीदिनुभयो ।

जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ । संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुरानो रिसिइबीका कारण ती युवकले जोशीको हत्या गरेका हुनसक्ने जनाइएको छ । केही महिना अगाडि मात्रै जोशी र हत्यामा संलग्न ती युवकका परिवारबीचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ ।

सोही पुरानै विवादका कारण अहिले पनि घटना हुन पुगेको प्रहरीको आशङ्का छ । संलग्न रहेका भनिएका युवक घटनालगत्तै फरार रहेका छन् । फरार ती युवकको खोजी जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रहरी निरीक्षक खत्रीको दाबी रहेको छ । उनको खोजीका लागि जिल्ला र जिल्ला बाहिर तथा सीमानाकामा हुलियासहित पठाइएको छ । प्रहरी निरीक्षक खत्रीले भन्नुभयो, “फरार ती युवकको फोन लोकेशनलगायतका आधारमा खोजी जारी छ । छिट्टै नियन्त्रणमा ल्याउँछौँ ।”

हत्या फरार रहेका ती युवकको मात्रै नभएर घटनामा अन्य पनि संलग्न हुनसक्ने अनुमान प्रहरीको छ । जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । रासस