• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

दिल्ली लगातार पाँच खेलमा पराजित



एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार पाँच खेलमा पराजय बेहोरेको छ । शनिबार साँझ सम्पन्न खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको दिल्ली रोयल च्यालेन्जर्स बैंगलोरसँग २३ रनले पराजित भएको हो ।

बैंगलोरस्थित एम. चिन्नास्वामी रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

जवाफमा दिल्लीका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सके ।

बैंगलोरका लागि विराट कोहली (५० रन)ले अर्धशतक बनाए भने महिपाल लोमरर (२६ रन), ग्लेन म्याक्सवेल (२४ रन) र कप्तान फाफ डु प्लेसिस (२२ रन)ले महत्वपूर्ण पारी खेले । दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २–२ विकेट लिए । ललित यादव र अक्षर पटेलले एक–एक विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात राम्रो हुन सकेन । पावरप्लेमा टोलीले ३२ रन बनाएर चार विकेट गुमाएको थियो । यस्तो अवस्थामा मिडल अर्डरमा खेल्न आएका मनिष पाण्डे (५० रन)ले संघर्षपूर्ण अर्धशतकीय इनिङ्स खेल्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि हसरङ्गाले एलबीडब्लू गर्दै उनलाई असफल पारे । अक्षर पटेल (२१ रन)ले पनि प्रभावकारी ब्याटिङ गर्न सकेनन् । कप्तान डेभिड वार्नरले १९ रनमात्र जोडे ।

बैंगलोरका लागि आइपिएलमा डेब्यु गरेका विजयकुमार वैशाकले तीन विकेट लिए । सिराजले दुईवटा सफलता हात पारे । पारनेल, हसरंगा र हर्षल पटेलले समान १–१ विकेट लिए ।