• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

आईपीएलमा खराब लयमा गुज्रिरहेका सूर्यकुमार यादव टी–२० वरियतामा शीर्षस्थानमा यथावत



एजेन्सी । पछिल्ला केही इनिङ्समा खराब प्रदर्शनका बाबजुद पनि भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव बुधबार जारी आईसीसी टी–२० ब्याटिङ वरियतामा शीर्ष स्थानमा रहे । सूर्यकुमारको ९०६ अंक छ ।

उनी पछि क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पाकिस्तानका मोहम्मद रिजवान (८११ अंक), बाबर आजम (७५५ अंक), दक्षिण अफ्रिकाका एडेन मार्कराम (७४८ अंक) र न्युजिल्यान्डका डेभोन कोनवे (७४५ अंक) छन् । विराट कोहलीको स्थानमा कुनै परिवर्तन भएको छैन । उनी १५ औं स्थानमा यथावत छन् । उनको ६१२ अंक छ ।

सूर्यकुमारले इन्डियन प्रिमियर लिग (आईपीएलमा) अहिलेसम्म राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनी मुम्बई इन्डियन्सबाट तीन खेलमा १५, ०१, शून्य रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ भने अफगानिस्तानका स्पिनर राशिद खान (७१०) शीर्ष स्थानमा छन् । शीर्ष १० बलिङ टी–२० वरियतामा कुनै पनि भारतीय बलर परेका छैनन् ।