८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 4.63

Humidity: 42

Latest
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड पोप फ्रान्सिसको निधन: भ्याटिकन पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज महाभिडन्तः राजस्थानलाई चेन्नईको चुनौति



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बुधबार चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका ७ः४५ बजेदेखि चेन्नईको एमए चिदम्बरम (चेपक) स्टेडियममा सुरु हुनेछ । दुवै टोलीले प्रतियोगितामा अहिलेसम्म ३ खेल खेल्दा २ जित र १ हार बेहोरेका छन् ।

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स गुजरात टाइटन्ससँग पराजित भएको थियो । त्यसपछि टोलीले घरेलु मैदानमा लखनउलाई र मुम्बईमा मुम्बई इन्डियन्सलाई हराएको थियो । अजिंक्य रहाणे, मोइन अली, ऋतुराज गायकवाड र महेन्द्र सिंह धोनी टोलीका शीर्ष खेलाडी हुन् ।

रोयल्सविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा मोइन अली, मिचेल सान्टनर, ड्वेन प्रिटोरियस र डेभन कोनवे हुन सक्छन् । यसबाहेक दीपक चाहर र बेन स्टोक्स केही खेलका लागि टोलीमा रहने छैनन् ।

पहिलो खेलमा हैदरावादलाई पराजित गरेको राजस्थान पञ्जावसँग भने ५ रनले पराजित भएको थियो । त्यसपछि फर्किएको टोलीले दिल्लीलाई ५७ रनले पराजित गर्‍यो । टोलीको शीर्ष क्रममा जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन र शिमरोन हेटमायरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बलिङमा युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले लगातार विकेट लिएका छन् ।

चेन्नई विरुद्ध टोलीका ४ विदेशी खेलाडीमा बटलर, हेटमायर, बोल्ट र जेसन होल्डर हुन सक्छन् । यी बाहेक सामसन, जैसवाल र रविचन्द्रन आश्विनले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

घरेलु मैदानमा चेन्नई सुपर किंग्सको कीर्तिमान उत्कृष्ट छ । टोलीले यहाँ पछिल्ला २० मध्ये १७ खेल जितेको छ । मुम्बई इन्डियन्सले मात्रै ३ खेलमा उसलाई हराएको छ । यस्तो अवस्थामा राजस्थानका लागि यहाँ जित दर्ता गर्नु चुनौतीपूर्ण हुनेछ ।

सन् २००८ को आईपीएलको फाइनलमा दुवै टोली आमनेसामने भएका थिए । त्यतिबेला राजस्थानले जित हासिल गरेको थियो तर समग्रमा हेड टु हेड रेकर्डमा चेन्नई अगाडि छ । यी दुईबीच अहिलेसम्म २६ खेल भइसकेका छन् । जसमा १५ खेलमा चेन्नई र ११ खेलमा राजस्थान विजयी भएका छन् ।

चेपक रंगशालाको पिच स्पिनरका लागि उपयोगी मानिन्छ । तर यहाँको अन्तिम खेलमा सीएसकेले २१७ रन बनाएर खेल १२ रनले जितेको थियो । यस्तो अवस्थामा राजस्थानविरुद्ध पनि उच्च स्कोर हुने सम्भावना देखिन्छ । यहाँ आज वर्षाको सम्भावना छैन । बुधबार साँझको तापक्रम २९ देखि ३० डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुवै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, अम्बाती रायडु, शिवम दुबे, रविन्द्र जडेजा, ड्वेन प्रिटोरियस, मिचेल सान्टनर र तुषार देशपांडे ।

राजस्थान रोयल्सः सञ्जु सैमसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, ध्रुव जुरेल, रियान पराग, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, केएम आसिफ र ट्रेन्ट बोल्ट ।

अंकतालिकाः