२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?



अ+ अ-

काठमाडौँ । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गर्नुभएको छ ।

कलाकार पौडेलले घिमिरेले जुन फिल्ममा खेलेपनि सफलता मात्रै हात लाग्ने र घिमिरेको फिल्म हेर्न जाने मान्छेको कमी नहुने बताउनु भयो । उहाँले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै जन्मदिनको शुभकामना दिनुभयो । उहाँले कलाकार घिमिरेले चलचित्र र कलाकारितामा दिएको योगदानले हास्य कलाकारको कद झनै बढ्दै गएको पनि बताउनुभयो ।

कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभवलाई सम्झिँदै उहाँको प्रशंसा गर्नुभयो । उहाँले कलाकार घिमिरेले कलाकारिता शुरुवात गर्दा आफूलाई धेरै सहयोग गरेको बताउनु भयो । कलाकार घिमिरे सालिन, भद्र र सकारात्मकता भएको व्यक्तिको रुपमा उहाँलाई चित्रित गर्नुभयो । उहाँले हास्य कलाकारहरुको प्रतिष्पर्धा रहेपनि एउटालाई दु:ख पर्दा अर्कोले सहयोग गर्ने भावना हास्य कलाकारहरुमा मात्रै रहेको बताउनु भयो ।

कार्यक्रममा कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना दिँदै कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको बताउनु भयो । उहाँले आफूले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताउनु भयो । उहाँले आफूलाई मानसिक रुपमा, भौतिक रुपमा, चलचित्र लेखन लगायतका क्षेत्रमा साथ दिँदा आफूलाई झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलाकार दीपाश्री निरौलाले कलाकार घिमिरे जस्तोसुकै परिस्थितिमा पनि सल्लाह र सुझाव दिने गरेको बताउनु भयो । उहाँले घिमिरे र आफ्नो चलचित्रको सहयात्रा १० वर्ष पुगिसकेको र कलाकार घिमिरे एउटै पात्रमा आधारित रहेर आफ्नो परिचय दिनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कलाकार केदार घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरु पस्किने प्रतिवद्धता जनाउनु भयो ।

कलाकार घिमिरेको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा पुगेका अन्य कलाकारहरुले पनि कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना व्यक्त गरेका थिए ।