१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सिजनको आईपीएल इतिहासमै सबैभन्दा बढी उच्च स्कोरको हुन सक्छ



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा १४ खेल सम्पन्न भईसकेका छन् । अर्थात्, लगभग प्रतियोगिताको ५ भागमा एक भाग सकिएको छ । यस अवधिमा देखा परेका प्रवृत्तिहरू अनुसार हालको सिजन सबैभन्दा धेरै स्कोर हुने संस्करण बन्ने बाटोमा छ । सिजनको १४ खेलमा प्रति ओभर ८ दशमलव ८६ रन बनिरहेको छ । यसले २०१८ को रेकर्ड तोडेको छ । उक्त सिजनको १४ खेलहरूमा ८.६४ प्रति ओभर रन बनेको थियो ।

साथै, पावरप्ले पनि वर्तमान सिजनमा टोलीका लागि ऐतिहासिक साबित हुँदैछ । सन् २०२३ मा पावरप्लेमा टिमले प्रति ओभर ८.१६ रन बनाइरहेका छन्, जुन आईपीएलको इतिहासमा सबैभन्दा उच्च हो । यसबाहेक, पहिले ब्याटिङ गर्ने टोलीले इनिङ्सको कुल २८.७ प्रतिशत पावरप्लेमा मात्र बनाए । यो आँकडा सिजन २०१८ को बराबर तथा संयुक्त रूपमा दोस्रो उच्च हो । केवल २००९ मा टोलीहरूले पावरप्लेमा यसभन्दा धेरै रन बनाएका थिए ।

२८ मध्ये ९ इनिङ्समा १२ ओभरमा मात्रै १०० रन पुग्यो । यो पहिलो पटक भएको हो । २०१८ पहिले १४ खेल पछि, टोली ७ पटक १२ ओभरमा १०० रन पुगेको थियो । राजस्थानले सिजनमा हैदरावादविरुद्ध ७.४ ओभरमा नै १०० रनको आँकडा छोएको थियो ।

पहिलो इनिङ्सको औसत स्कोर १८१, आठ पटक १९० रन माथि
१९० रन माथिको स्कोर विजयको ग्यारेन्टी बनिरहेको छ । १४ खेलको पहिलो इनिङ्समा ८ पटक १९० माथि रन बनेको छ । लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलोविरुद्ध र कोलकाता नाइट राईडर्सले गुजरातविरुद्ध यो स्कोर पछ्याउन सकेको छ । लखनउले सोमबार मात्रै बैंगलोरले दिएको २१३ रनको लक्ष्य पछ्याएर जित निकालेको थियो भने कोलकाताले गत आईतबार गुजरातले दिएको २०५ रनको लक्ष्य पछ्याएर जित निकालेको थियो । पहिलो इनिङ्समा औसतमा १८१ रन बनिरहेका छन् । सबैभन्दा ठूलो स्कोर चेन्नई सुपर किंग्स (२१७) र सबैभन्दा कम (१२१) सनराइजर्स हैदरावादको को नाममा छ ।