• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

सांसद ढाकाको स्पष्टीकरण: अडि‌ओमा भएको आवाज सम्पादित



काठमाडौं । अडिओ प्रकरणमा मुछिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् ।

सांसद श्रेष्ठले हिजो राति अबेर स्पष्टीकरण दिएका हुन् । उनले सार्वजनिक अडि‌ओमा भएको आवाज आफ्नो नभई ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

श्रेष्ठले स्पष्टीकरणमा पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । रास्वपाले अनुशासन आयोगको वैठक अहिले १२ बजे बस्दैछ । सो बैठकले श्रेष्ठको प्रकरणबारे ठोस निर्णय लिने बताईएको छ।

श्रेष्ठले उक्त अडि‌ओमा भएको आवाज आफ्नो नभएको स्पष्टीकरण दिएपछि यसको अनुसन्धानका लागि फरेन्सिक टेस्ट गरिने बताईएको छ ।