• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन ★   एमाले सुनसरीका अध्यक्ष निलमको निधन ★   सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार ★   गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति ★   मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै ★   प्रतिनिधिसभा बैठक बस्दै, के छन् आजको कार्यसूची ? ★   गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको १९ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी ★   मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने ! ★   मधेशमा नयाँ सरकार गठन गर्न आह्वान, शुक्रबारसम्मकाे समयसीमा ★   आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक

केपी ओलीलाई स्वागत गर्दा हवाई सुरक्षाको उल्लंघन



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गर्दा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ ।

सोमबार नेपालगञ्ज विमानस्थलमा विमान अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भीड अध्यक्ष ओलीलाई स्वागत गर्न बुद्ध एयरको ढोकैमा पुगेको थियो ।

अध्यक्ष ओली सोमबार बिहान ९:३० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा कार्यकर्ताको ठूलो भीडले हवाई सुरक्षाको उल्लंघन गर्दै स्वागत गर्न पुगेको थियो । विमानस्थलभित्र सर्वसाधारण र यात्रुलाई समेत बोर्डिङ पासबिना विमान नजिकै जान दिइँदैन तर अध्यक्ष ओलीको स्वागतमा भने जहाजको ढोकामै कार्यकर्ताको ठूलो भिड लागेको थियो ।