• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   साउदीमा हजयात्रीलाई हैरानी, हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द ★   गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ: काँग्रेस सांसद केसी ★   १४ किलो सुन तस्करी प्रकरण: सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश ★   विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव ★   गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ★   एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि ★   टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै ★   वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छ: अर्थमन्त्री पुन

केपी ओलीलाई स्वागत गर्दा हवाई सुरक्षाको उल्लंघन



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गर्दा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ ।

सोमबार नेपालगञ्ज विमानस्थलमा विमान अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भीड अध्यक्ष ओलीलाई स्वागत गर्न बुद्ध एयरको ढोकैमा पुगेको थियो ।

अध्यक्ष ओली सोमबार बिहान ९:३० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा कार्यकर्ताको ठूलो भीडले हवाई सुरक्षाको उल्लंघन गर्दै स्वागत गर्न पुगेको थियो । विमानस्थलभित्र सर्वसाधारण र यात्रुलाई समेत बोर्डिङ पासबिना विमान नजिकै जान दिइँदैन तर अध्यक्ष ओलीको स्वागतमा भने जहाजको ढोकामै कार्यकर्ताको ठूलो भिड लागेको थियो ।