२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीलाई स्वागत गर्दा हवाई सुरक्षाको उल्लंघन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गर्दा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ ।

सोमबार नेपालगञ्ज विमानस्थलमा विमान अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भीड अध्यक्ष ओलीलाई स्वागत गर्न बुद्ध एयरको ढोकैमा पुगेको थियो ।

अध्यक्ष ओली सोमबार बिहान ९:३० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा कार्यकर्ताको ठूलो भीडले हवाई सुरक्षाको उल्लंघन गर्दै स्वागत गर्न पुगेको थियो । विमानस्थलभित्र सर्वसाधारण र यात्रुलाई समेत बोर्डिङ पासबिना विमान नजिकै जान दिइँदैन तर अध्यक्ष ओलीको स्वागतमा भने जहाजको ढोकामै कार्यकर्ताको ठूलो भिड लागेको थियो ।