८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक

आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक
अ अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा भारतीय टोलीले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ऋषभ पन्तले १३ औं ओभरमा ब्यारी म्याकार्थीलाई रिभर्स स्कूपमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे ।

भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाए । तर, उनी चोटग्रस्त रिटायर्ड भए । उनको चोटको गम्भीरता अझै थाहा हुन सकेको छैन । अब भारतीय टोली समूह ‘ए’ मा दुई अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । उसको अर्को खेल जुन ९ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग हुनेछ ।

भारतले आयरल्याण्डलाई ४६ बल बाँकी राख्दै पराजित गरेको थियो । टी–२० अन्तर्राष्ट्रियमा बल बाँकी रहेको भारतको यो चौथो ठूलो जित हो । टीम इण्डियाले २०२१ मा दुबईमा स्कटल्याण्डलाई ८१ बल बाँकीमा पराजित गरेको थियो । भारतीय टोलीको आयरल्याण्ड विरुद्धको यो लगातार आठौं जित हो ।

भारतले बंगलादेशविरुद्धको लगातार सबैभन्दा धेरै जितको कीर्तिमान बराबरी गरेको छ । भारतले सन् २००९ देखि २०१८ सम्म बंगलादेशविरुद्ध लगातार आठ टी–२० अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

यसअघि हार्दिक पाण्ड्या (३र२७), अर्शदीप सिंह (२र३५), जसप्रित बुमराह (२र६)को उत्कृष्ट बलिङका कारण आयरल्याण्डको इनिङ्स १६ ओभरमा ९६ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाए । रोहित शर्माले टस जितेर आयरल्याण्डलाई ब्याटिङको निम्तो दिएका थिए । यो त्यही पिच हो जहाँ भारत र बंगलादेशबीचको अभ्यास खेल भएको थियो ।

पहिलो दुई ओभरमा धेरै उछाल देखियो । तेस्रो ओभरको पहिलो बलमा अर्शदीपले डिसेम्बर २०२२ पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका ऋषभ पन्तको हातमा आयरल्यान्डका कप्तान पाउल स्टर्लिङ (२) को क्याच आउट गराए । गत टी–२० विश्वकपमा १० विकेट लिएका अर्शदीपले ओभरको अन्तिम बलमा बलबर्नी (५)लाई इनकमिङ बलमा बोल्ड गरेर आयरल्याण्डको ओपनिङ जोडीलाई प्याभिलियन पठाए ।

जसप्रित बुमराहले पहिलो ओभरमै आफ्नो छाप छोडे । उनले यो ओभर मेडन गरे । पावरप्लेमा आयरल्याण्डले दुई विकेट गुमाएर २६ रन बनाएको थियो । हार्दिक पाण्ड्याले आफ्नो पहिलो ओभरमा लोर्कन टकरलाई बोल्ड गरे । उनले १३ बलमा १० रन बनाए । बुमराहले अर्को ओभरमा ह्यारी टेक्टर (४)लाई कोहलीको हातमा क्याच गराएर आयरल्याण्डलाई समस्यामा पारे ।

कुनै बेला आयरल्याण्डको स्कोर दुई विकेटमा २८ रन थियो तर हार्दिकको बलिङका कारण आठ विकेटमा ५० रन पुगेको थियो । यस अवधिमा हार्दिकले तीन विकेट लिए । यसै क्रममा अक्षर र सिराजले एक–एक विकेट लिए । आईपीएल खेल्ने आयरिश बलर जोस लिटिलले दुई चौका प्रहार गरे । उनले डेलानीसँग २७ रनको साझेदारी गरे ।

डेलानीले पनि यस अवधिमा हार्दिकलाई छक्का प्रहार गरे, तर बुमराहले आक्रमणमा फर्कने बित्तिकै लिटिल (१४)लाई आउट गरे । अर्शदीपको ओभरमा डेलानीले एक छक्का र दुई चौका प्रहार गरे पनि सोही ओभरको अन्तिम बलमा रनआउट भएका उनले १४ बलमा दुई चौका र दुई छक्काको मद्दतले २६ रन बनाए ।

९७ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले रोहितसँग ओपनिङ गर्न आएका विराट कोहली (१)को विकेट छिट्टै गुमाउनुपरेको थियो । रोहित शर्माले रिटायर हर्ट हुनुअघि ३७ बलमा ५२ रन बनाएर भारतलाई सहज जित दिलाएका थिए ।

डिसेम्बर २०२२ पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै आएका ऋषभ पन्तले छक्का प्रहार गरेर भारतलाई जित दिलाएका थिए । उनले २६ बलमा ३६ रनको अविजित इनिङ खेले । भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनायो ।