१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत



अ+ अ-

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ ।

आज बसको प्रदेश सभाको बैठकमा विश्वासको मतका लागि गरिएको मत बिभाजनमा मुख्यमन्त्री यादवले ५० मत मात्र प्राप्त गर्नुभयो भने उहाँको बिपक्षमा ५३ मत पर्‍यो । दुबैतिर बहुमत पुगेको छैन । प्रदेश सभामा १ सय ३ जना सांसद उपस्थित थिए

मुख्यमन्त्री यादवलाई जसपाको १९, कांग्रेसको २२, लोसपाका ८ र राप्रपाका १ जना सांसदले विश्वासको मत दिएका छन् । बिपक्षमा भने एमालेका २४, जनमतको १३, माओवादी केन्द्रको ९, नेकपा (एस)का ७ र नागरिक उन्मुक्ति पार्टीका १ जनाले मतदान गरेका छन् ।