१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: बेंग्लोर र लखनउ भिड्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

लखनउले सिजनको चौथो खेल खेल्दैछ भने बेंग्लोरले तेस्रो खेल खेल्दैछ ।

लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । यस्तै, दोस्रो खेलमा चेनई सुपर किंग्ससँग पराजित भएको लखनउले तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई हराएको थियो ।

यस्तै, बेंग्लोरले पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कलकत्ता नाईट राईडर्ससँग हार बेहोरेको थियो ।

१० टोलीको सहभागीता रहेको लिगमा लखनउ तीन खेलमा २ जित र १ हारका साथ तेस्रो स्थानमा रहेको छ । उता, दुई खेलमा समान १र१ जित र हार व्यहोरेको बेंग्लोर सातौं स्थानमा रहेको छ ।

बेंग्लोर र लखनउबीच हालसम्म २ खेल भएकोमा बेंग्लोर अपराजित रहेको छ ।