१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: बेंग्लोर र लखनउ भिड्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

लखनउले सिजनको चौथो खेल खेल्दैछ भने बेंग्लोरले तेस्रो खेल खेल्दैछ ।

लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । यस्तै, दोस्रो खेलमा चेनई सुपर किंग्ससँग पराजित भएको लखनउले तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई हराएको थियो ।

यस्तै, बेंग्लोरले पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कलकत्ता नाईट राईडर्ससँग हार बेहोरेको थियो ।

१० टोलीको सहभागीता रहेको लिगमा लखनउ तीन खेलमा २ जित र १ हारका साथ तेस्रो स्थानमा रहेको छ । उता, दुई खेलमा समान १र१ जित र हार व्यहोरेको बेंग्लोर सातौं स्थानमा रहेको छ ।

बेंग्लोर र लखनउबीच हालसम्म २ खेल भएकोमा बेंग्लोर अपराजित रहेको छ ।