९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

गुजरातविरुद्ध कोलकाताको रोमाञ्चक जित, रिंकुले ५ बलमा लगातार ५ छक्का प्रहार गरे

गुजरातविरुद्ध कोलकाताको रोमाञ्चक जित, रिंकुले ५ बलमा लगातार ५ छक्का प्रहार गरे
अ अ+ अ-

एजेन्सी । खेलको अन्तिम ५ बलमा रिंकु सिंहको लगातार ५ छक्काको आधारमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२३ मा आइतबार दोस्रो जित हात पारेको छ । कोलकातालेले निकै रोमाञ्चक भिडन्तमा साविक विजेता गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।

आईपीएलको इतिहासमा यो पहिलो पटक भएको हो, जब कुनै टोलीले अन्तिम ५ बलमा ५ छक्का प्रहार गरेर जित निकालेको हो ।

कोलकाताले अन्तिम ओभरमा २९ रन जोडेको थियो । २० औं ओभरको पहिलो बलमा उमेश यादवले एक विकेट लिए । यसपछि रिंकु सिंहले लगातार ५ छक्का प्रहार गरे । बलर यश दयाल थिए ।

यसरी कोलकाताले अन्तिम ओभरमा ३१ रन बनाएर खेल जित्यो । रिंकुले २१ बलमा ४८ रनको विजयी इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच भए । यो जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ४ अंक छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीले २० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनायो ।

कोलकातालाई २४ बलमा ५० रन आवश्यक थियो र टोलीको ६ विकेट बाँकी थियो । यस्तो अवस्थामा गुजरातका कप्तान राशिद खान आफैं बलिङ गर्न आएका थिए । उनले आन्द्रे रसेल, सुनिल नारायण र शार्दुल ठाकुरलाई आउट गर्दै ह्याट्रिक लिए ।

डिफेन्डिङ च्याम्पियन गुजरातले ३३ रनमा ऋद्धिमान साहा (१७ रन)को विकेट गुमाएको थियो । यस्तो अवस्थामा शुभमन गिल (३९ रन) र साई सुदर्शन (५३ रन)ले अर्धशतकीय साझेदारी गर्दै पारीलाई सम्हाले । सुदर्शनले यो सिजनको दोस्रो अर्धशतक प्रहार गरे । त्यसपछि विजय शंकरले २४ बलमा अविजित ६३ रन बनाएर टोलीलाई दुई सयको आँकडा पार गराए ।

२०५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० रनमा पहिलो विकेट गुमाएको थियो । यहाँ गुरबाज (१५ रन) आउट भए । जोसुआ लिटिलले जगदीशन (६ रन) लाई आउट गरेपछि टोली दबाबमा आयो । ३ नम्बरमा भेङ्कटेश र ४ नम्बरमा कप्तान नितिश रानाले ५५ बलमा १०० रनको साझेदारी गर्दै केकेआरलाई समस्याबाट बाहिर ल्याएका थिए । यहाँ नितिश ४५ रन बनाएर आउट भए । कप्तान आउट भएपछि भेङ्कटेशले रिंकु सिंहको साथमा इनिङको नेतृत्व गरेका थिए । अय्यरले ४० बलमा ८३ रन बनाए ।

भेंकटेश आउट भएपछि रासिदले ह्याट्रिक गर्दै खेललाई फर्काए । यहाँ गुजरात सजिलै जित्छ भन्ने लाग्थ्यो, तर उत्साह यहीँ सकिएन । कोलकाताले अन्तिम ओभरमा २९ रन जोडेको थियो । जसलाई रिंकु सिंहले ५ छक्का प्रहार गर्दै खेल जिताए ।