२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा लिभरपुल र आर्सनलबीच भिडन्त



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आईतबार आर्सनल र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि होडमा रहेको आर्सनल र लिभरपुलबीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

जारी सिजनमा अंकतालिकाको आठौं स्थानमा रहेको लिभरपुलसँग शीर्षस्थानमा रहेको आर्सनल तुलनात्मक रुपमा बलियो देखिए पनि लिभरपुलको घरेलु मैदानमा आर्सनलको नतिजा भने राम्रो छैन ।

आर्सनलले पछिल्लो पटक सेप्टेम्बर २०१२ मा तत्कालीन प्रशिक्षक आर्सेन वेंगरको प्रशिक्षणमा लिभरपुललाई उसको मैदान एनफिल्डमा पराजित गरेको थियो । तसर्थ झण्डै १० वर्षपछि आर्सनल लिभरपुलविरुद्ध उसको मैदानमा जितको खोजीमा छ ।

लिभरपुल पछिल्ला तीन खेलहरुमा जितविहिन छ । तर, लिभरपुलले आफ्नो मैदान एनफिल्डमा आर्सनलविरुद्ध पछिल्ला ६ खेलमा जित निकाल्दै आर्सनलको पोस्टमा २२ गोल गरेको छ । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप आफ्नो शीर्ष व्यवस्थापकीय करियरमा पहिलो पटक विपक्षीविरुद्ध घरेलु मैदानमा लगातार सात जित हासिल गर्ने दाउमा छन् ।

गत अक्टोबरमा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोलले नाटकीय जित निकालेको थियो । यदि आर्सनलले भोलिको खेलमा एनफिल्डमा लिभरपुललाई हराएमा उसले २००९–१० को सिजनपछि दुबै खेलमा लिभरपुलविरुद्ध जित निकाल्न सफल हुनेछ ।

जारी सिजनमा आर्सनलका अग्रपंक्तिका खेलाडीहरु उच्च लयमा छन् । बुकायो साका र गाब्रियल मार्टिनेलीले समान १३–१३ गोल गरेका छन् भने कप्तान मार्टिन ओडेगार्डले १० गोल गरेका छन् । यसबाट आर्सनलका अग्रपंक्तिका खेलाडीको लय प्रस्टसँगै देख्न सकिन्छ । यस्तै, साकाले १०, मार्टिनेलीले ४ तथा ओडेगार्डले ७ असिस्ट प्रदान गरेका छन् । यस्तै, इन्जुरीबाट फर्किएका गाब्रियल जेससले गत हप्ता लिड्स युनाइटेडविरुद्ध २ गोल गर्दै लयमा फर्किएको संकेत गरिसकेका छन् ।

आर्सनलले २९ खेलमा ३ खेलमा पराजय र तीन खेलमा बराबरी खेल्दा २३ खेल जितेको छ । लिभरपुलले ७ खेलमा बराबरी खेल्दा ९ खेलमा पराजय ब्यहोरेको छ भने १२ खेलमा जित निकालेको छ ।