१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त हुनुभएको छ । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त समेत रहनुभएका पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो ।

पत्रकारितामा क्रियाशील उहाँ नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुनुहुन्छ । यस्तै, उहाँ हिमालयन टाइम्सका सम्पादक समेत हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले यसअघि राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी पौडेल, प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे तथा कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसक्नुभएको छ ।