२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: दुई खेल हुँदै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज दुई खेलहरु हँुदैछ । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाईटन्स भिड्दैछन् । गुजरातको घरेलु मैदानमा नरेन्द्र मोदी स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोलीले आफ्नो तेस्रो खेल खेल्दैछन् । गुजरात आजको खेल जितेर आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । गुजरातले
पहिलो खेलमा चेन्नाई सुपर किंग्स र दोस्रो खेलमा दिल्लीलाई पराजित गरेको थियो ।

यस्तै, कोलकत्ताले दुई खेलमा एकमा जित रएकमा हार बेहोरेको छ । पहिलो खेलमा पन्जाब किंग्ससँग पराजित भएको कोलकत्ताले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराएको थियो।

यस्तै आज नै हुने दोस्रो खेलमा सनराईजर्स हैदराबाद र पन्जाब किंग्स खेल्दै छन् । राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार ७:४५ बाट सुरु हुनेछ ।

पन्जाबले पहिलो खेलमा कोलकत्ता नाईट राईडर्सलाई र दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो । आजको खेलमा हैदराबादलाई हराउदै पन्जाब आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

यस्तै, पहिलो खेलमा राजस्थान रोयल्स र दोस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग पराजित भएको हैदराबाद आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छ ।