२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: दुई खेल हुँदै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज दुई खेलहरु हँुदैछ । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाईटन्स भिड्दैछन् । गुजरातको घरेलु मैदानमा नरेन्द्र मोदी स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोलीले आफ्नो तेस्रो खेल खेल्दैछन् । गुजरात आजको खेल जितेर आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । गुजरातले
पहिलो खेलमा चेन्नाई सुपर किंग्स र दोस्रो खेलमा दिल्लीलाई पराजित गरेको थियो ।

यस्तै, कोलकत्ताले दुई खेलमा एकमा जित रएकमा हार बेहोरेको छ । पहिलो खेलमा पन्जाब किंग्ससँग पराजित भएको कोलकत्ताले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराएको थियो।

यस्तै आज नै हुने दोस्रो खेलमा सनराईजर्स हैदराबाद र पन्जाब किंग्स खेल्दै छन् । राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार ७:४५ बाट सुरु हुनेछ ।

पन्जाबले पहिलो खेलमा कोलकत्ता नाईट राईडर्सलाई र दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो । आजको खेलमा हैदराबादलाई हराउदै पन्जाब आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

यस्तै, पहिलो खेलमा राजस्थान रोयल्स र दोस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग पराजित भएको हैदराबाद आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छ ।