• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

रुकुम पूर्व: सिस्नु टिप्न गएका दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ



फाईल फोटो

सुर्खेत । रुकुम पूर्वका सिस्नु टिप्न गएका दुई दिदीबहिनी मृत भेटिएको घटनामा प्रहरीले ७ जनालाई नियन्त्रण लिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा घरबाट सिस्न टिप्न भनेर गएका दिदीबहिनी १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका थिए । उनीहरुको शव घर देखि पर अन्दाजी १ सय मिटर तल भिरमा फेला परेको थियो ।

मृतक दिदीबहिनीले लगाएको सुनको गहना लुटपाट गरिएको र सुनको लागि नै घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

रुकुमपुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठको अनुसार नाक र कानका गहना लुटेर उनीहरूको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको जानकारी दिइन् ।

श्रेष्ठको अनुसार दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिवार पोष्टमार्टम गरिएको थियो ।