५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पूर्व: सिस्नु टिप्न गएका दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ



फाईल फोटो
अ+ अ-

सुर्खेत । रुकुम पूर्वका सिस्नु टिप्न गएका दुई दिदीबहिनी मृत भेटिएको घटनामा प्रहरीले ७ जनालाई नियन्त्रण लिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा घरबाट सिस्न टिप्न भनेर गएका दिदीबहिनी १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका थिए । उनीहरुको शव घर देखि पर अन्दाजी १ सय मिटर तल भिरमा फेला परेको थियो ।

मृतक दिदीबहिनीले लगाएको सुनको गहना लुटपाट गरिएको र सुनको लागि नै घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

रुकुमपुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठको अनुसार नाक र कानका गहना लुटेर उनीहरूको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको जानकारी दिइन् ।

श्रेष्ठको अनुसार दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिवार पोष्टमार्टम गरिएको थियो ।