२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा संसद्मा पछिल्ला दिनमा भइरहेका घटनाक्रमबारे छलफल हुने छ । त्यस्तै सरकारले भोलि ल्याउने भनेको नीति तथा कार्यक्रम पेश गर्न दिने कि नदिने भन्ने निर्णय गर्ने छ ।

सरकारले भोलि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा सार्वजनिक गर्ने तयारी गरेको छ । तर सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नभएसम्म सदन चल्न नदिने अडान विपक्षी नेपाली कांग्रेसको छ ।

कांग्रेसले सहरकी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरेको हो । तर, सरकार तयार छैन । त्यही कारण संसद् प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।

सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको कांग्रेसले आरोप लगाएको छ ।

आजको बैठकमा समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।




भर्खरै