• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ?



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा संसद्मा पछिल्ला दिनमा भइरहेका घटनाक्रमबारे छलफल हुने छ । त्यस्तै सरकारले भोलि ल्याउने भनेको नीति तथा कार्यक्रम पेश गर्न दिने कि नदिने भन्ने निर्णय गर्ने छ ।

सरकारले भोलि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा सार्वजनिक गर्ने तयारी गरेको छ । तर सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नभएसम्म सदन चल्न नदिने अडान विपक्षी नेपाली कांग्रेसको छ ।

कांग्रेसले सहरकी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरेको हो । तर, सरकार तयार छैन । त्यही कारण संसद् प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।

सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको कांग्रेसले आरोप लगाएको छ ।

आजको बैठकमा समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।