२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले ब्राइटनलाई हरायो, न्युक्यासलद्वारा ब्रेन्टफोर्ड पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले ब्राइटनलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको १० औं मिनेटमा नै सन हेउंग मिनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । ३४ औं मिनेटमा लेवीस डंकले गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए । ७९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई जित दिलाए ।

यो नतिजासँगै टोटेनहम ३० खेलबाट ५३ अंकका साथ पाँचौं तथा २८ खेलबाट ४६ अंकका साथ ब्राइटन सातौं स्थानमा रहेका छन् ।

यस्तै शनिबार राति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ ।

खेलको पहिलो हाफको इन्जुरी समयमा इभान टोनीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा ब्रेन्टफोर्डका डेभिड रायाले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । यस्तै ६१ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई जित दिलाए ।

जितसँगै न्युक्यासल २९ खेलबाट ५६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित ब्रेन्टफोर्ड ३० खेलबाट ४३ अंकका साथ नवौं स्थानमा छ ।