• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

रुकुम पूर्वमा सिस्नु टिप्न गएका दुई बालिका मृत भेटिए



फाईल फोटो

सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दुई बालिका मृत फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका–३ रन्माका घरबाट सिस्न टिप्न गएका दुई दिदीबहिनी १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत फेला परेको हुन् ।

उनीहरु बुधबार साँझ सिस्नु टिप्ने भन्दै गएको र साँझ घरमा नआएपछि आफन्तले खोजी गर्दा बिहीबार बिहान ६ बजे मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुको शव घर देखि अन्दाजी १ सय मिटर तल भिरमा फेला परेको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।