५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पूर्वमा सिस्नु टिप्न गएका दुई बालिका मृत भेटिए



फाईल फोटो
अ+ अ-

सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दुई बालिका मृत फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका–३ रन्माका घरबाट सिस्न टिप्न गएका दुई दिदीबहिनी १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत फेला परेको हुन् ।

उनीहरु बुधबार साँझ सिस्नु टिप्ने भन्दै गएको र साँझ घरमा नआएपछि आफन्तले खोजी गर्दा बिहीबार बिहान ६ बजे मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुको शव घर देखि अन्दाजी १ सय मिटर तल भिरमा फेला परेको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।