• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

उपेन्द्र यादवलाई भोट माग्दै माधव नेपालले भने– संसद र देशलाई उहाँको खाँचो छ



बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा उपेन्द्र यादवको आवश्यकता अपरिहार्य रहेको बताएका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २बाट उठेका यादवका लागि मत माग्दै अध्यक्ष नेपालले सिंगो देश र संसदलाई उनको खाचो रहेको बताए।

अध्यक्ष नेपालले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन सिंगो बाराबासीलाई आग्रह गर्दछु’ ।

अध्यक्ष नेपालले बारा–२ मा यादवको जित सुनिश्चित रहेको दाबि गरे । उनले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न संसदमा यादवको उपस्थिति अपरिहार्य रहेको बताए ।