२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उंलघन गरे: सांसद गैरे



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उंलघन गरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानूनलाई स्थानीय तहहरुले कायान्वयन गर्न नसकेको बताउनुभएको हो ।

उहाँले आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा,प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरुमा संविधानको परिपालना नगरेको बताउनु भयो । उहाँले प्रदेश सभा र स्थानीय तहहरुमा नीति निर्माण,बजेट निर्माणमा असङ्गति र अराजकता बढेको भन्दै सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित भएको बताउनु भयो ।

उहाँले प्रदेशहरुमा प्रश्तुत भएर बजेट छलफलमा देखिएका विभिन्न परिस्थिति हेर्दा विडम्बनापूर्ण अवस्था रहेको बताउनु भयो । उहाँले स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था भएपनि ४३ स्थानीय तहमा बजेट पेश हुन नसक्नु राम्रो पक्ष नभएको बताउनु भयो । उहाँले कतिपय स्थानीय तहहरुमा कुर्सी तोडफोड गर्ने अराजकता व्यवहार भएको भन्दै संघीयता कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो । उहाँले पुँजीगत खर्चमा भएको क्षमता,बजेटमा छनोटको प्राथमिकता र कार्यान्वयनको प्रक्रियामा परम्परागत नै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा,प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरुमा देखापरेको संविधानको कार्यान्वयन र नीति निर्माणको क्षेत्रमा बजेट निर्माणमा देखापरेको असङ्गति र अराजकता छन् । त्यसको समाधान तर्फ सरकारको ध्यान जान जरुरी छ । आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित गरौं । प्रदेशहरुमा प्रश्तुत भएर बजेट छलफलमा देखिएका विभिन्न परिस्थिति हेर्दा विरम्बनापूर्ण अवस्था छ ।

स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि ४३ स्थानीय तहमा बजेट पेश हुन सकेन । कतिपय स्थानीय तहहरुमा कुर्सी तोडफोड गर्ने अराजकता व्यवहार देखिए । विगतमा हामीले पुँजीगत खर्चमा भएको क्षमता,बजेटमा छनोटको प्राथमिकता र कार्यान्वयनको प्रक्रियामा जे देखिरहेका छौं । केन्द्र,प्रदेश र स्थानीय तहहरुले कानून,संविधानको पालना,कार्यान्वयन गर्ने क्षमतामा र संघीय प्रणालीको आचरण व्यवहार,मूल्य मान्यतामा र देश र जनताको हितको पक्षमा जुन प्रकारका असङ्गती देखा परेका छन् । त्यसको समाधानको लागि सरकारले एक पटक नयाँ ढङ्गको बहसको आवश्यकता रहेको छ । कानूनी व्यवस्था अनुसार बजेट ल्याउनुपर्ने भएपनि स्थानीय तहहरुले कानूनको उल्लङ्घन गरे ।’

उहाँले केन्द्र,प्रदेश र स्थानीय तहहरुले कानून,संविधानको पालना,कार्यान्वयन गर्ने क्षमतामा र संघीय प्रणालीको आचरण व्यवहार,मूल्य मान्यतामा र देश र जनताको हितको पक्षमा जुन प्रकारका असङ्गति देखापरेको बताउनु भयो । उहाँले त्यसको समाधानको लागि सरकारले एक पटक नयाँ ढङ्गको बहसको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।