• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध राख्ने स्टोर्मी डेनियल को हुन् ?



पोर्न स्टार स्टोर्मी डेनियलले सीएनएनलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको म्यानहट्टन ग्रान्ड ज्यूरी अनुसन्धानका बारेमा ट्रम्पसँगको आफ्नो सम्बन्धबारे बताएकी छन् ।

व्यवसायीबाट राजनीतिज्ञ बनेका ट्रम्पले आफ्नी पत्नी मेलानिया ट्रम्पसँग विवाह गर्नुभन्दा एक दशकअघि सन् २००६ मा आफूसँग यौन सम्पर्क गरेको उनले बताएकी छन् । ट्रम्प र पोर्न स्टार डेनियलको यस केसमा पोर्न स्टारलाई १ लाख ३० हजार अमेरिकी डलर गोप्यरुपमा दिइएको बताइएको छ ।

ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा चुनावका लागि सङ्कलन गरेको रकमबाट यस्तो ठूलो रकम तिरेको आरोप लगाइएको छ । यद्यपि ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् । अहिले उनी म्यानहट्टनको अदालतमा यी आरोपहरूको सामना गरिरहेका छन्।

को हुन् पोर्न स्टार स्टर्मी डेनियल ?

स्टर्मी डेनियल ४४ वर्षीया पोर्न स्टार हुन् जसको वास्तविक नाम स्टेफनी क्लिफर्ड हो । उनी लुजियानाको बेटन रुज बासिन्दा हुन् ।

उनी दुई दशकदेखि वयस्क फिल्ममा चर्चित स्टार हुन्। पोर्न फिल्मका अतिरिक्त उनी यी फिल्मको निर्देशन पनि गर्छिन् ।

ट्रम्पसँग डेनियलको सम्बन्ध कस्तो छ ?

समाचारअनुसार डेनियल एक पोर्न स्टार हुन् जसले डोनाल्ड ट्रम्पसँग सम्बन्धमा रहेको दाबी गरेकी छन्। एडल्ट स्टार डेनियलले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’मा धेरै चकित पार्ने खुलासा गरेकी छन् । डेनियलका अनुसार उनले पहिलो पटक ट्रम्पलाई जुलाई २००६ मा गल्फ प्रतियोगिताको क्रममा भेटेकी थिइन्। त्यसबेला डेनियल २७ वर्षका थिइन् भने ट्रम्प ६० वर्षका थिए ।

द गार्जियनका अनुसार डेनियलको एउटी छोरी छिन् जसले गत वर्ष चौथो पटक वयस्क फिल्म अभिनेता ब्यारेट ब्लेड्ससँग विवाह गरिन्। रिपोर्टका अनुसार डेनियल लुइसियानामा हुर्केकी थिइन् र हाई स्कूलको समयमा उनले आफ्नो लागि पैसा कमाउन स्ट्रिप क्लबहरूमा काम गर्न थालिन् ।

नौ वर्षको उमेरमा पहिलो पटक दुर्व्यवहार

डेनियलले आफ्नो पुस्तकमा आफ्नो आमाबुबाको सम्बन्धविच्छेदपछि आमाले हुर्काएको बताएकी छन् । अल–जजिराको रिपोर्ट अनुसार उनलाई नौ वर्षको उमेरमा एक वृद्धले यौन दुर्व्यवहार गरेका थिए। सन् २००९ मा डेनियलले लुइसियानाबाट सन् २०१० को अमेरिकी सिनेटको चुनावमा भाग लिने मन बनाएकी थिइन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पको छविमा कुनै असर नपरोस् भनेर डोनाल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले सन् २००६ को घटनाबारे चुप लागेर बस्न डेनियललाई एक लाख ३० हजार डलरको भुक्तानीको व्यवस्था गरेको स्वीकार गरेका छन्।

ट्रम्पद्वारा आरोप अस्वीकार

डेनियलले ट्रम्पमाथि धेरै गम्भीर आरोप लगाएकी छन् । उनले ट्रम्पले शारीरिक सम्बन्ध बनाएको दाबी समेत गरेकी छन् । उनले यसका लागि आफू पूर्णरुपमा तयार नभएको बताएकी छन् । तर, डोनाल्ड ट्रम्पले यी आरोपलाई खारेज गर्दै डेनियलमाथि जबरजस्ती रकम असुलेको आरोप लगाएका छन् । ट्रम्पले आफ्नो स्पष्टीकरणमा आफूले डेनियलसँग कहिल्यै सेक्स नगरेको बताएका छन् ।

सन् २०१८ मा सार्वजनिक भयो भुक्तानीको कुरा

सन् २०१८ मा वाल स्ट्रीट जर्नलले डेनियललाई भुक्तानीको रिपोर्ट गरेपछि ट्रम्पका वकिल कोहेनले आफ्नै पैसा प्रयोग गरेर डेनियनललाई तिरेको तर ट्रम्पले त्यसो गर्न निर्देशन नदिएको सार्वजनिक गरेका थिए । कोहेनले पछि अदालतमा गवाही दिँदै ट्रम्पले उनलाई भुक्तानी गर्न निर्देशन दिएको बताएका थिए।