२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित



अ+ अ-

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित भएका छन् । अन्तराष्ट्रिय संञ्चारमाध्यामहरुका अनुसार आफूमाथी लागेको आरोपका बारेमा सुनुवाईका लागि उनि अदालतमा उपस्थित भएका हुन् ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ। उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।साथै उनिमाथी अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप लागेको छ ।

अदालतमा बयान दिएर निस्किएका ट्रम्प ले समर्थकहरुलाई सम्बोधन गर्दै आफूले कुनै गल्ती नगरेको र घटनालाई राजनीतिकरण गरिएको दाबी गरेका छन् । अदालतले उनलाई समर्थकहरुलाई उक्साउने अभिव्यक्ति नदिन निर्देशन समेत दिएको छ ।

५७ मिनेटको सुनुवाइपछि ट्रम्प न्यूयोर्कबाट फ्लोरिडास्थित आफ्नो घर ‘मार–ए–लागो’ पुगेका थिए । यहाँ उनले जनता र सञ्चारमाध्यमबीच सम्बोधन गरेका थिए । यहाँ ट्रम्पले भने – मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकी इतिहासमा यस्तो हुनेछ । मैले गरेको एउटै अपराध भनेको निडरताका साथ मेरो देशलाई नष्ट गर्न चाहनेहरूबाट रक्षा गर्नु हो ।’

फोटो-बीबीसी