• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान ★   कालोपट्टी बाँधेर धर्नामा बसे संसद्का कर्मचारी ★   संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण ★   चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर ★   देशमा अत्याचार बढेको छ: सांसद पाण्डे ★   अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सांसद शर्माको ध्यानाकर्षण ★   मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो ★   नेकपा एस महाधिवेशन: मतदाता नामावली आज प्रकाशन हुँदै ★   मासिक ८२ हजारको जागिर छाडेर गुल्मीमा घाँसखेती गर्दै गोपाल ★   नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण: प्रधानमन्त्री

ए डिभिजन लिगः संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई हरायो



काठमाडौँ । सोमबारबाट सुचारु भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले एफसी खुमलटार युथ क्लवमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सकंटाले २७ औं मिनेटमा निकालेको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो । संकटाका लागि जुनियर ओन्गुनेले गरेको गोल नै निर्णायक भएको हो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको खुमलटारले गोलका लागि केही अवसर सिर्जना गरेपनि गोल फर्काउन सकेन ।

यस्तै संकटाले पाएका केही अवसरलाई पनि सदुपयोग गर्न असफल रह्यो । यसअघि १४ औं मिनेटमा खुमलटारका मोसौके ओलोमोउको प्रहार बाहिरिएको थियो । १७ औं मिनेटमा राजिव लोप्चको प्रहार बाहिरिँदा खुमलटार अग्रता लिनबाट चुक्यो । २४ औं मिनेटमा नेल्सनको कर्नरमा जुनियरको हेडर पोलमा लागेर बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमाएको थियो ।

अब संकटाले चैत २६ गते मछिन्द्र फुटबल क्लव तथा खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लवको सामना गर्नेछ । यसैगरी च्यासल मैदानमा सम्पन्न विभागीय डर्बी भिडन्तमा नेपाल एपिएफ फुटबल क्लवले नेपाल पुलिस क्लवमाथि २–० को जित निकाल्यो । एपिएफलाई जित दिलाउन एडमा डोम्बिया र सविन गुरुङले समान एक गोल गरे ।

खेलको ५७ औं मिनेटमा डोम्बियाले एपिएफलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा सविनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यस जितसँगै ६ खेलमा १० अंक जोडेको एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको पुलिस समान खेलबाट एक अंकका सथ पुछारमा छ ।