२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई हरायो



अ+ अ-

काठमाडौँ । सोमबारबाट सुचारु भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले एफसी खुमलटार युथ क्लवमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सकंटाले २७ औं मिनेटमा निकालेको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो । संकटाका लागि जुनियर ओन्गुनेले गरेको गोल नै निर्णायक भएको हो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको खुमलटारले गोलका लागि केही अवसर सिर्जना गरेपनि गोल फर्काउन सकेन ।

यस्तै संकटाले पाएका केही अवसरलाई पनि सदुपयोग गर्न असफल रह्यो । यसअघि १४ औं मिनेटमा खुमलटारका मोसौके ओलोमोउको प्रहार बाहिरिएको थियो । १७ औं मिनेटमा राजिव लोप्चको प्रहार बाहिरिँदा खुमलटार अग्रता लिनबाट चुक्यो । २४ औं मिनेटमा नेल्सनको कर्नरमा जुनियरको हेडर पोलमा लागेर बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमाएको थियो ।

अब संकटाले चैत २६ गते मछिन्द्र फुटबल क्लव तथा खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लवको सामना गर्नेछ । यसैगरी च्यासल मैदानमा सम्पन्न विभागीय डर्बी भिडन्तमा नेपाल एपिएफ फुटबल क्लवले नेपाल पुलिस क्लवमाथि २–० को जित निकाल्यो । एपिएफलाई जित दिलाउन एडमा डोम्बिया र सविन गुरुङले समान एक गोल गरे ।

खेलको ५७ औं मिनेटमा डोम्बियाले एपिएफलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा सविनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यस जितसँगै ६ खेलमा १० अंक जोडेको एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको पुलिस समान खेलबाट एक अंकका सथ पुछारमा छ ।